महाकाली नगरपालिका वडा नम्बर ७ का स्थानीयले थालीगाड खोलामा खानेपानी र सिचाई कुलो अवरुद्ध हुने गरी हाइड्रोपावरले काम गर्न सुरु गरेको भन्दै काम रोक्न माग गरेका छन् । स्थानीयको खानेपानी र नहर भत्किने गरी विकाल हाइड्रोपावर निर्माण कम्पनीले पावर हाउँस निर्माणको काम थालनी गरेपछि स्थानीयले काम रोक्न माग गरेका हुन् ।
जनताको खानेपानी पाउने अधिकार र नहर सिचाई नै बन्द गर्ने गरी पावर हाउँसले काम गर्न थालेपछि स्थानीय वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयलाई माग पत्र बुझाएका छन् ।
उनीहरुले तत्काल पावर हाउँसको निर्माण कार्य रोकि स्थानीयको समस्या समाधान गर्न आग्रह गरेका छन् ।









