अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा जिल्ला अस्पताल दार्चुलामा बिरामीलाई फलफूल वितरण

दार्चुला । दार्चुला भन्सार कार्यालयले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । जिल्ला अस्पताल दार्चुलाका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । दार्चुला भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विविध कार्यक्रम गरि दिवस मनाइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार