राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दार्चुलाको चौथो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा धामी चयन

दार्चुला । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला समिति दार्चुलाको चौथो जिल्ला अधिवेश सम्पन्न भएको छ । शनिबार दार्चुलामा सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दार्चुलाको चौथो जिल्ला अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अधिवेशनबाट लोकेन्द्र सिह धामीको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा गोविन्दी लोथ्याल र जमन सिह बडाल, सचिवमा मदन सिह ठगुन्ना सह सचिवमा करन डागा तथा कोषाध्यक्षमा माया एरी निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रमेश जोशी,लवसिह धामी,पदम सिह कार्की,प्रमानन्द सिह ठगुन्ना,करन सिह धामी,बिमला धामी,अम्बिका धामी,पारसमणी जोशी,कल्पना महरालाई चयन गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दार्चुलाका निवर्तमान अध्यक्ष दिपक राज विष्टको अध्यक्षता तथा नेकपा एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा अधिवेसन उद्घाटन गरिएको थियो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दार्चुला निर्वतमान सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार