दार्चुलामा ट्राफिक नियम उल्लंघन गर्ने चार चालकलाई कारबाही

दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने सात ओटा सवारी चालकलाई कारबाही गरिएको छ । सिट क्षमताभन्दा बढी यात्रु बोकेका तथा ट्राफिक नियम उल्लंघन गर्ने सात ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न सडकखण्डमा सवारी साधन चेकजाँच गर्दा सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि कारबाही गरिएको जनाएको छ ।
साथै उनीहरुलाई सवारी नियमबारे जानकारी गराइएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समय दिनहुँ सवारी नियम उल्लंघन गर्ने तथा क्षमताभन्दा बढि यात्रु बोक्ने सवारी चालकलाई कारवाही गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार