दार्चुलामा ९ जना जुवाडे पक्राउ

दार्चुला ।दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ बाट ९  जना जुवाडे पक्राउ परेका छन्।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ देवधुरामा ४० वर्षीय भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए ।

शंकरपुर प्रहरी चौकीको प्रहरी टोलीले उनिहरुलाई प्रकाउ गरेको जोशीले बताउनुभयो । प्रकाउ पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ घर भएका पसल सञ्चालक भुवन सिंह धामी, मालिकार्जुन ४ कै ५२ वर्षीय इन्द्र सिंह धामी, ४० वर्षीय भवान सिंह धामी, ३१ वर्षीय मिन सिंह धामी, ४० वर्षीय गगन सिंह धामी र ३५ वर्षीय किसन सिंह धामी हरेका छन्।

त्यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय उत्तर सिंह धामी, वडा नम्बर ३ कै ५६ वर्षीय मान सिंह धामी र  वडा नम्बर ८ का ५१ वर्षीय गम्भीर सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जोशीले बताए ।

प्रकाउ परेकाहरुको साथबाट प्रहरी टोलीले नगद १ लाख १३ हजार ७ सय ७५ र २ बुक तासपनि बरामद गरेको उहाँले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको दार्चुला प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार