प्रगतिशील जोशी समाजद्वारा विद्यालयमा पोसाक वितरण

दार्चुला । प्रगतिशिल जोशी समाजद्वारा दुहुँ गाउँपालिकास्थित दुर्गास्थान आधारभूत विद्यालय खेतीमा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग तथा पोसाक वितरण गरिएको छ । आइतबार समाजले विद्यालयमै पुगेर २२ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको समाजका अध्यक्ष बीरेन्द्रराज जोशीले जानकारी दिए ।

देश तथा विदेशबाट आर्थिक संकलन भएको ४७ हजार ४ सय ४४ रुपैयाँ बाट सहयोग गरिएको हो । जोशी समाज २०७७ सालमा स्थापना भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार