गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देशकै पहिलो हुँदा दार्चुला १९ औं स्थानमा छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक नतिजामा डडेल्धुरा प्रशासन पहिलो र दार्चुला १९औं स्थानमा देखाएको छ ।
२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ । यस्तै सुदूरपश्चिमका कञ्चनपुर प्रशासन मात्रै उत्कृष्ट १० मा अटाएको छ । कंचनपुर आठौं स्थानमा छ । यस्तै डोटी २७, बझाङ ४२, कैलाली ४७, बाजुरा ५४, अछाम ५८, बैतडी प्रशासन ६३ औं स्थानमा छन् ।
कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणालीमा अपडेट भएको विवरणअनुसार मूल्याङ्कन गरिएको हो ।