अपि हिमालका स्थानीयको दुःख, सडक माग्न काठमाण्डौंमा

दार्चुलाको सडक सञ्जालले नजोडिएको पालिका सदरमुकाम हो, खण्डेश्वरी । विटुले–पारिबगर हुँदै मकरिगाडसम्म सडक पुगे पनि पालिका केन्द्रसम्म सडक सञ्जालले जोडिएको छैन् । गाउँसम्म सडक नपुगेको भन्दै अपिहिमाल गाउँपालिकाका अगुवाहरु सडक माग्न काठमाण्डौं हिडेका हुन् ।
प्रधानमन्त्री केपी ओलीलाई भेटेरै अपिहिमालको सडकको अवस्थाबारे जानकारी गराउने र बजेट विनियोजनको लागि काठमाण्डौं हिडेको अपिहिमाल गाउँपालिका निर्वतमान अध्यक्ष धर्मानन्द मन्यालले बताए ।
०७४ सालमा आफु स्थानीय तहमा निर्वाचित भएपछि पारिबगरबाट सडक मकरिगाडमा पुग्यो । ०७८÷०७९ मा मकरिगाडदेखि खण्डेश्वरी जोड्न सडक अगाडि बढेको हो । तर पछिल्लो समय सडकमा बजेट आउनै छोड्यो । सडकले गति लिएन् । ‘अहिलेसम्म निरन्तर बजेट विनियोजन भएको भए पालिका केन्द्रसम्म सडक सञ्जालले जोडिने थियो,’ मन्याल भन्छन्, ‘तर कसैको पहल भएन्् ।’
अहिले हाम्रै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, । यो समयमा सडकको माग गर्दा ठिक हुन्छ भन्ने सम्झेर नेकपा एमाले पालिका कमिटीले निर्णय गरेरै सडक माग गर्न काठमाण्डौं हिडेको उनले बताए । सोमबार दार्चुलाबाट आठ जनाको टोली काठमाण्डौंका लागि हिडेको छ । सम्भवत ६ गते प्रधानमन्त्री ज्यूलाई भेट हुन्छ, होला उनले भने, पूर्वमन्त्री गणेशसिह ठगुन्नाले प्रधानमन्त्रीसँग भेटघाटको लागि समन्वय गरिराखेका छन् ।
अपिहिमालका स्थानीयले सडक नहुँदा मकरीगाडदेखि भरिया र खच्चडमार्फत सामान ढुवानी गर्नुपरेको छ । मकरीगाडबाट खण्डेश्वरीसम्मकै भाडा १० रुपैयाँ प्रतिकिलो हुन जान्छ । ढुवानी महंगो भएका कारण स्थानीयले महंगी मार खेप्नुपरेको अपिहिमाल गाउँपालिका–२ का स्थानीय प्रकाशसिह धामीले बताए । उनले भने, ‘सडक नहुँदा पिठ्युमा कष्टकर भारी बोक्नुपर्ने स्थानीयको बाध्यता छ ।’
विरामी हुँदा पनि बोकेरै मकिरगाड पु¥याउनुपर्छ । जटिल विरामी भयो भने बाटोमै ज्यान जान्छ । स्थानीय सरकारले पहल नगर्दा अहिले पार्टीको निर्णयअनुसार सडक माग्न काठमाण्डौं जानुपरेको अपिहिमाल गाउँपालिकाका एमाले नेत्री शान्ति धामी बताउँछिन् ।
मकरिगाडमा १० मेगावट हाइड्रोपावर बन्दा सडकले चाडो गति लिएको थियो । अहिले मकरिगाडबाट दुई किलोमिटर मात्रै सडकको ट्रयाक खुलेको छ । एक वर्ष बढि बजेट नआउँदा काम हुन सकेन् ।
यो वर्ष सडकको ट्रयाक खुलाउन एक करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनले भने, ‘मकरीगाडदेखि अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडकको ट्रयाक खुलाउन अहिले बोलपत्र आह्वान गरिएको छ । यो बजेटले कति काम गर्न सकिन्छ ।’ अहिले खुलाइएको दुई किलोमिटर सडकको पनि पर्खाल देखि सडक मोड सुधारको काम बाँकी छ ।
पालिकासम्म ७ किलोमिटर दुरी हो । पाँच किलोमिटर पुरै कडा चट्टा (हार्ड रक) छ । बजेट प्रयाप्त भए सडकको काम अलि माथि पु¥याउन सकिन्छ । मकरीगाडदेखि माथिल्लो भेगमा अधिकांश ठाउँमा कडा चट्टान छ । चट्टान फोड्न सके मात्रै अपिहिमाल गाउँपालिका केन्द्र नजिक सडक पु¥याउन सहज हुने जोशी बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार