हाम्रा नेता पक्राउ पर्दा कहिल्यै बिरोध गरेनौं : बडू

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले अहिलेको सरकार कानुनी राज्यको पालना गर्न बनेको बताएका छन् । संविधान निर्माणमा भूमिका खेल्ने दलहरु मिलेर बनेको सरकारले कानुनी राज्यको अनुभूति गराउने बताएका हुुन ।
मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको ऐतिहासिक जोलजीवि मेला तथा सांस्कृतिक महोत्सवको शनिबार उद्घाटन गर्दै पूराना दलहरुले नै लोकतन्त्र बलियो बनाउने टिप्पणी गरे ।
हाम्रै पार्टीका गृहमन्त्री अहिले पनि मुद्धा खेपिरहेका छन्, तर काग्रेसले कहिल्यै विरोध गरेन् । छुटाउनुपर्यो भनेर कहिल्यै आन्दोलन गरेनौं प्रतिनिधिसभा सदस्य समेत रहेका बडूले भने, तर अहिलेका नयाँ भनिएका दल नेता पक्राउ पर्दा आन्दोलन गर्छन् । यो कानुनी शासनको कुरा हो, संविधान भन्दा ठूला कोही हुँदैन भन्ने स्थापित गर्ने विधि हो । अहिलेको नयाँ भनिएका दलका नेता पक्राउ गर्दा प्रतिसोध भयो भनेर भन्नुको कुनै तुक छैन् उनले भने ।
राजनीतिक स्थरता नभएका कारण नयाँ गठबन्धन बनेको उनले प्रस्ट्याए । मुलुकमाथि नयाँ संकट आउने अवस्था आयो, परिवर्तन नचाहनेहरु जुर्मुराउन थालेको अवस्थामा ठूला दल मिलेर सरकार बनाउनुपरेको उनले बताए । यो वा त्यो बहानामा राजनीतिक दलहरु अस्थिर बने । नयाँ संविधान बनेपनि दलहरुले इमान्दारिताका साथ काम नगरेकै कारण अहिले ठूला दलहरुको गठबन्धन बनाउनुप¥यो ।

सम्बन्धित समाचार

ताजा समाचार