मालिकार्जुन जात्राबाट यात्रु बोकेर गोकुलेश्वरतर्फ जादै गरेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलिप बिष्ट र ४० वर्षीया मिना लेखक, वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का ५० वर्षीय बिरेन्द्र बोहरा सोही ठाउँका, १६ वर्षीय सुजिव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल रहेका छन् ।

यस्तै चालक मालिकार्जुन–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भिर चोट रहेको छ भने ठेगाना नखुलेका २२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाईते भएको बताईएको छ । घाईतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
जात्राबाट घर फर्किने क्रममा घटेको अकल्पनीय घटनाले सिंगो दार्चुला सोकमग्न भएको छ ।





