दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइ दिन्छु भन्दै पैसा ठगी गरेको भन्दै प्रहरीले गोदावरी नगरपालिका–६ का तुलाराम विकलाई पक्राउ गरेको छ । दार्चुलाका इन्द्रसिह धामीको छोरालाई जागिर लगाउने भन्दै पटकपटक पैसा असुल गरेको भन्दै उजुरीपरेपछि पक्राउ गरेको हो ।
उनले धामीबाट ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरेको आरोप लागेको छ । आरोपितलाई दार्चुला प्रहरीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगी सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।