नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी निरुता ठगुन्नालाई मालिकार्जुन गाउँपालिकाले सम्मान गरेको छ ।
दशैँ तिहार पर्वको अवसरमा गृह जिल्ला दार्चुला पुगेकी ठगुन्नालाई एक कार्यक्रमका बीच सम्मान गरेकाे हाे ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठानकाे आयाेजना तथा मालिकार्जुन गाउँपालिका दार्चुलाले प्रयाेजन गरिएको अन्तरवडा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा उनलाई सम्मान गरिएको छ ।
पुर्वमन्त्री गणेशसिंह ठगुन्ना र विशिष्ट अतिथि मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीले नेपाली राष्ट्रिय महिला टिमकी खेलाडी ठगुन्नालाई नगर ५० हजार सम्मानपत्र सहित सम्मान गरेका छन् ।
दार्चुलाको नौगाड जस्तो विकट ठाउँमा जन्मिएर नेपाली राष्ट्रिय भलिबल टिममा छनाेट हुनु जिल्लाकै गौरवको विषय भएकोले उनलाई सम्मानपत्रसहित सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए ।
सम्मानित हुनु भएकी राष्ट्रिय भलिबल टिमका खेलाडी ठगुन्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी भई देशका लागि विभिन्न उपाधि जिताउन सफल भएकी छन् । खेलाडी निरुता ठगुन्नाको घर नौगाड गाउँपालिका वडानम्बर–६ धुलिगडा हो ।
यस्तै शैल्यशिखर नगरपालिका वडा नम्बर २ घर भएका सुदुरपश्चिम भलिबल टिमका टिम क्याप्टेन नवराज धामी र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ घर भएमा भलिबल खेलाडी बलदेव सिंह धामीलाई पनि सम्मान गरिएको छ । खेलाडीको खेलमा थप हौसला र उर्जा थप्न सम्मानित गरेको गाउँपालिका जनाएको छ ।