बजार अभावले किसानकाे बारीमै थन्कियो स्याउँ

अपिहिमाल गाउँपालिका–३ मा पर्ने पाथा गाउँ भौगोलिक विकटताले निकै टाढा छ । अपिहिमाल गाउँपालिका केन्द्रसम्म अझै सडक पहुँच पुगेको छैन् । तर अपिहिमालबाट पनि टाढा रहेको पाथामा लटरम्मै स्याउँ फलेको छ ।
व्यवसायि कृषक कपुरसिह धामीले लगाएको बारीमा अहिले प्रशस्तै उत्पादन भएको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । कापु हिमाल नजिकै दृष्यावलोकन गर्न सकिन्छ । हिमालकै फेलमा लटरम्मै फलेको स्याउँ देखेपछि कसको मन खान लाग्दैन र ?
धामी भन्छन्, ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । तर सडक सुविधा नहुँदा बारीमा फलेको दश क्वीन्टल बढि स्याउँ गोदाममै थन्किएको छ ।’ गाउँमा यति धेरै फलेको छ, कसले किन्छ, बाहिरबाट यता आएर स्याउँ लिन सक्ने अवस्था छैन् ।
यो वर्ष स्याउँ उत्पादन पनि राम्रो भयो । धेरै स्याउँ अहिले पनि बारीमै कुहिए । बचेको स्याउँ कोल्डस्टोर गरेर राखिएको छ, धामीले सुनाए । ‘सुरुका वर्ष केही बोटमा मात्र फल्यो, अघिल्लो वर्ष जेनतेन खेर फाल्नु परेन । यो वर्ष त सबै बोटमा राताम्यै स्याउ फलेको थियो । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ’, धामीले विकटको समस्या सुनाए ।
डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । गाउँपालिका केन्द्र खण्डेश्वरीसम्म डोकोमा बोकेर लैजान पनि ४ घण्टा बढि हिड्नुपर्छ । गाडी भएको ठाउँसम्म पु¥याउन थप ३ घण्टा हिड्नुप¥यो । स्याउँ पेकिङगर्ने सामान पनि भएन् । अहिले कोल्ड स्टोर बनाएर स्याउँ राख्नुपरेको छ । गाउँमा प्रतिकिलो एक सय रुपैयाँमा पनि बिक्री हुन मुस्किल छ ।
पाथाकै अर्का किसान जनकसिह कार्की गाउँमा स्याउँ धेरै लगाएर काम नभएको सुनाउँछन् । खानलाई एक दुई बोट ठिकै छ । बढि स्याउँ कहाँलगेर विक्री गर्ने ?
गाउँमा फुजी, गोल्डेन, रेड डेलियसियस जातका स्याउ फलेका छन् । स्याउँ फलाउनमा स्याउँ जोन दार्चुलाबाट पनि सहयोग भएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार