अरिङ्गालले टोकेर घाइते भएका बालकको उपचारमा युवा संघको सहयोग

अरिङ्गालले टोकेर घाईते भएका एक बालकको उपचारको लागि युवा संघ नेपाल दार्चुलाले सहयोग गरेको छ । दुहुँ गाउँपालिका–४ का इन्द्र बहादुर बमको उपचारको लागि आर्थिक तथा एम्बुलेन्स सहयोग गरेको हो ।
शनिबार अरिङ्गगालले टोकेर घाइते भएका उनको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव भएन् । बाहिर पठाउन आर्थिक अभाव भएपछि युवा संघ नेपालले आर्थिक सहयोग गरेको युवा संघ नेपाल दार्चुलाका अध्यक्ष मुकेश बहादुर पालले बताए । युवा संघले उनलाई नगद १० हजार आर्थिक सहयोग गरेको छ ।
यस्तै घाइते बालकलाई धनगढीसम्म उपचारको लागि लैजान मालिकार्जुन गाउँपालिकासँग एम्बुलेन्स सहयोग मागिएको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार