निजामती सेवा दिवसको अवसरमा दार्चुलाका छ जना कर्मचारी सम्मानित भएका छन् । निजामती सेवा दिवस मूल समारोह समितिले एक वर्षपभित्र अनिवार्य अवकाशमा जाने कर्मचारीलाई सम्मान गरेको हो ।
नगरपालिकामा आयोजित कार्यक्रममा महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिह बडाल, स्वास्थ्य चौकी व्याँसका विन्दा बुढाथोकी, जिल्ला हुलाक कार्यालयका हुलाकी अर्जुनसिह विष्ट, जिल्ला अस्पतालका गोपालसिह साउँद, डिभिजन वन कार्यालय दार्चुलाका फरेस्टर गोविन्द बल्लब बडू, र वन रक्षक पदमराज भट्टलाई प्रंशसासहित सम्मान गरिएको छ ।


निजामती दिवसको अवसरमा दार्चुलाका छ जना कर्मचारी सम्मानित




