हरितालिका तिज मनाइँदैै, के छ पौराणिक मान्यता ?

हरितालिका तिज धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । व्रतालु महिलाहरु विहानैदेखि पुजापाठमा लागेका छन् ।
धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका तिजको व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ रहेको महाकाली नगरपालिका–४ का हिरादेवी अवस्थी बताउँछिन् । आजको दिन महिलाहरूले निराहार (पानीसमेत नखाइ) व्रत गर्ने र भगवान् शिवको पूर्जा—अर्चना र उपासना गर्छन् ।
तिजमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण र पतिपत्नीको दीर्घायु प्राप्ति हुने धार्मिक विश्वास छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत आरम्भ भएको पौराणिक मान्यता छ ।
बिहीबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुन्छ। तिजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार