दार्चुलाको मालिकार्जुन गाउँपालिकालाई बालश्रम मुक्त स्थानिय तह बनाउन एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा कार्यक्रम गरिएको हो ।
मालिकार्जुन गाउँपालिकालाई बालश्रम मुक्त बनाउने लक्ष्यअन्तर्गत सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको महिला बालबालिका तथा समाज कल्याण इकाईका प्रमुख आरती शर्माले बताइन् ।
बालश्रम अन्त्यका लागि गाउँपालिकाको प्रयासले मात्रै पुरा नहुने भन्दै उनले सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिइन् ।
पहिलो चरणमा गाउँपालिकाभरिरहेका ८ वटै वडामा तथ्याङ्क संकलन गरिएको छ । जसमा पालिकाभरि ६८ जना बाल श्रमिक रहेको उनले बताइन् । उनका अनुसार पालिकाको वडा नम्बर २, ३ र ६ मा बालश्रमिक छैनन् । सबैभन्दा बढि वडा नम्बर ८ मा २८ जना, वडा नम्बर ४ मा २४ जना, वडा नम्बर ७ मा १२ जना, वडा नम्बर १ मा ३ जना र वडा नम्बर ५ मा १ जना रहेका छन् ।
मालिकार्जुन गाउँपालिका उपाध्यक्ष एवंम् बाल संरक्षण समितिका संयोजक कल्यानसिह धामीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी प्रमुख अतिथि रहेका थिए ।
अधिवक्ता धिरेन्द्रसिह साउँदले प्रशिक्षण गरेका कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाभित्र रहेका माध्यमिक तहमा गठन गरिएका बालक्लवका पदाधिकारी, श्रमिमका अभिभावक,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।