दार्चुला । नेपाल खेलकुद महासंघ दार्चुलाको तेस्रो जिल्ला अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । खलंगास्थित दार्चुला विकास संगठनको हलमा शनिवार आयोजित अधिवेशनबाट जगत सिंह साउदको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
जगत साउदको अध्यक्षतामा सहमतिमै चयन भएको कमिटी उपाध्यक्षमा जनक ठेकरे र कौसा धामी, सचिवमा हेमन्त मिश्र, सहसचिवमा नवराज धामी र दिपक सिंह कार्की, कोषाध्यक्षमा किसन सिंह ऐरी चयन भएको नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगत सिंह धामीले बताउनुभयो । यस्तै सुरेश सिंह थापाको संयोजकत्वमा सल्लाहकार कमिटी चयन गरिएको छ ।

खेलकुद महासंघ दार्चुलाका जिल्ला अध्यक्ष जगत सिंह साउदको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेशन शनिवार नै उद्घाटन भएको थियो । उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य जगत सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थियो । एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य गौरी बडाल र प्रेम सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत पदाधिकारी र नेताहरू, खेलकुद क्षेत्रका विभिन्न संघ संगठनका पदाधिकारी लगायतको आतिथ्यता रहेको थियो ।






