खलंगा–खार सडक खण्ड अवरुद्ध हुँदा सास्ती

दार्चुलामा ग्रामीण सडक मात्र होइन, प्रदेश गौरबका सडक पनि बर्षातका कारण बेहाल बनेका छन् । लामो समयदेखि सडक सुधार हुन नसक्दा खार–खलंगा–देथला सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध छ ।
सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षातका कारण अवरुद्ध बनेका यहाँका सडकमा स्थानीयलाई आवतजावतमै समस्या छ ।
खार–खलंगा सडकले नौगाड बासीलाई राहत थियो । तर अहिले यो सडक जोखिमपूर्ण बनेको छ । स्थानीय भोजराज भट्टका अनुसार अहिले पनि प्रदेश गौरबको सडकको डुङ्गरी नजिकै सडक जोखिमपूर्ण छ । नदीले सडक कटान गरेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
हिउँदको महिना राम्रोसँग सुचारु हुँदै आएको यो सडक बर्खाको समय अवरुद्ध बन्दै गएपछि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको स्थानीय बताउँछन् । यो सडकबाट महाकाली नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय सँगै पूरै नाैगाड निर्भर छ ।
नौगाडको दल्लेख खार, तथा महाकाली नगरपालिकाको मुल्ला, सेला लगायतका क्षेत्रबाट तरकारी बजारमा ढुवानी हुन्छ, तर सडक अवरुद्ध भएपछि सबैभन्दा मार किसानले पाएको बताउँछन्, स्थानीय हरकसिह साहँु । अहिले सडक अवरुद्धसँगै गाडी गाउँमा आउन बन्द भएपछि सामान त के आउजाउमा समेत निकै समस्या हुने गरेको छ ।
ग्राभील भइरहेको यो सडक लामो समयदेखि सुधार समेत भएको छैन् । ठाउँ ठाउँमा घुम्ती काटिएको छैन् । मालभेला क्षेत्रमा गाडी गुडाउन समेत निकै सकस छ । डुङरी क्षेत्र, काटै, सेला मोड र दल्लेख पुग्दासम्म गाडी चलाउन निकै चूनौति रहेको गाडी चालक विशनसिह नगाल बताउँछन् ।
गाडी चलाउनुमात्रै हो । हप्तामा दिनमा गाडी बिग्रिन्छन् । सडकस्तरोन्नती हुन नसक्दा यात्रु र गाडीको मार छ ।
उद्योग वाणिज्य संघ दार्चुलाका पूर्व अध्यक्ष मंगलसिह ठगुन्ना खार–खलंगा सडक अवरुद्ध हुँदा स्थानीयको आवतजावत मात्र होइन किसानको तरकारी ढुवानीमै समस्या भएको बताउँछन् । सडक सुचारु गर्ने विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको ठगुन्ना बताउँछन् । सडक अवरुद्ध अवस्थाबारे महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरसिह बडाल लगायत प्राविधिकसहितको टोलीले निरीक्षण गरेका छन् । सडक निरीक्षण गर्दै सडक सिघ्र खोल्ने जनाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार