गोप्य अनुसन्धानको विषय सार्वजनिक गरि चरित्र हत्या गरेकोप्रति प्रमुख प्रशासकीय अधिकृत धामीको आपत्ति

शैल्यशिखर नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं हाल नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्करसिह धामीले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गरेको भन्दै कानुनी प्रक्रियामा जाने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलालाई कानुनी उपचारको लागि उजुरी दिदै धामीले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको बताएका छन् ।
आफु शैल्यशिखर नगरपालिकाको ०८० असोज ५ गतेदेखि चैत ५ गतेसम्मको अवधिमा गरेको कामको जिम्मेवारीपूर्ण रुपमा मैले लिन्छु । प्रशासकीय अधिकृतको रुपमा कुनै कमजोरी भए नियमसंगत हुने कुरा छदैछ धामीले भनेका छन् । तर शैल्यशिखर नगरपालिकाको काम कारवाहीको विषयमा अख्तियारले के कसो हो भनेर सोधेको पत्रलाई सामाजिक सञ्जालमा राखेर आफु र आफ्नो परिवारको सामाजिक र मानसिक चोट पु¥याउने काम भयो, धामीले उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलालाई लेखेको पत्रमा भनिएको छ्, ‘अनुसन्धानको विषय गोप्य राख्नुपर्ने तथा सरकारी कागजपत्रको गोपनियता भंग गरेर राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र कमजोर बनाउने कार्यविरुद्ध आफुले कानुनी प्रकृया अपनाउन बाध्य भएको छु ।’
गलत भएको भए अनुसन्धान गर्ने निकाय हुँदाहुँदै पनि सामाजिक सञ्जालमार्फत पारिवारिक रुपमै चरित्रहत्या गर्ने प्रयास भएको उनले बताए । तथ्यहिन, मनोकल्पितरुपमा फेसबुक आइडीमा लेखिएका कुराले राष्ट्रसेवक कर्मचारीलाई कमजोर बनाउने मात्रै हो । आफ्नो चरित्रहत्यामा संग्लनमाथि अनुसन्धान गरि कारवाही गर्न उनले माग गरेका छन् ।
आफ्नोविरुद्धमा शैल्यशिखर नगरपालिका–८ घर भई हाल काठमाण्डौंमा बस्दै आएका बीरभद्र जोशीले निरन्तर आफु र आफ्नो परिवारको चरित्रहत्या गरेको प्रमुख प्रशासकीय धामीको आरोप छ ।
अधिवक्ता समेत रहेका जोशीले केहि समयअघिबाट शैल्यशिखर नगरपालिकाले अनियमितता गरेको भन्दै निरन्तर सामाजिक सञ्जालमा लेख्दै आएका थिए । पछिल्लो समय उनले अख्तियारमा उजुरी समेत हालेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार