दार्चुला । मार्माका विस्तापित परिवारलाई नेपाल रेडक्रस जिल्ला शाखा दार्चुलाले राहत सामग्री वितरण गरेको छ । शनिबार मार्मा गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ विस्थापित ३५ परिवारलाई राहत वितरण गरेको हो ।
बाढिपीडितलाई त्रिपाल, कपडा, भाडाकुडा वितरण गरेको नेपाल रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष भुवनबहादुर डागाले जानकारी दिए । राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष मोहनबहादुर सिंह, नेपाल रेडक्रस सोसाईटी दार्चुलाका महामन्त्री दिपकप्रसाद अवस्थी स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
