उद्योग मन्त्री भण्डारी द्वारा श्याम प्रसाद मुखर्जी पोर्टको अवलोकन भ्रमण

काठमाण्डौ । गत मंगलबारदेखि भारत भ्रमणमा रहेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपर्ति मन्त्री दामोदर भण्डारीले शनिबार भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् ।
अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरुसंग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कमगर्ने विषयमा छलफल गरेका छन ।
अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षिय महासाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थित महावाणिज्य दुतावासका पदाधिकारीहरुलगायतको उपस्थिति थियो ।
तेस्रोमुलुक संगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरु, आयातकर्ता र निर्यातकर्ताका समस्याहरुका बिषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्य दुतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखि भएर कामगर्न मन्त्री भण्डारीले निर्देशन दिए ।
उनले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालिन रुपले लिजमा लिएको जमिनको उपयोग, थप सम्भावनहरु एंव औचित्यको बारेमा समेत गहन छलफल गरि कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार