दार्चुलाको मालिकार्जुन गाउँपालिकाले एक वर्षको अवधिमा १६८ वटा योजना कार्यान्वयन गरेको छ । आर्थिक वर्ष ०८०।०८१ मा यी योजना कार्यान्वयन गर्न कुल २४ करोड ५६ लाख ९८ हजार ४११ रुपैयाँ खर्च भएको छ ।
गाउँपालिकाले गत वर्ष सामाजिक विकास क्षेत्रमा ५७ योजनामा १ करोड ४० लाख ५१ हजार ९६६ रुपैयाँ, आर्थिक विकासको क्षेत्रमा १९ वटा योजना निर्माण गरेको छ । जसमा ३६ लाख १० हजार २०६ रुपैया खर्च भएको छ । यस्तै पूर्वाधार विकासतर्फ ८१ वटा योजनामा २२ करोड ५६ लाख ४४ हजार ९१८ रुपैयाँ खर्च भएको छ ।
यसैगरी वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा ५ योजनामा ९ लाख ६६ हजार ३२० रुपैयाँ, तथा संस्थागत विकास सेवा प्रवाह र सुशासनको क्षेत्रमा ६ वटा योजनामा १४ लाख २५ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले खानेपानीतर्फ २४ वटा योजना, सिचाई निर्माणतर्फ १३ योजना, सडक निर्माणतर्फ ६ वटा योजना, झोलुङ्गे पूल २ वटा, भवन निर्माण ७ वटा, घोरेटो बाटो १० वाटा तथा अन्य १०६ वटा योजना निर्माण भएको गाउँपालिकाको तथ्यांक छ ।
गाउँपालिकाले कृषि विकासतर्फ कुल ५६ लाख २४ हजार रुपैयाँ, पशु विकासतर्फ २० लाख ६० हजार रुपैयाँ, संस्कृति तथा पर्यटन प्रवद्र्धनतर्फ ८ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै आयुर्वेद शाखा ६ लाख, स्वास्थ्य शाखा ६० लाख ६९ हजार तथा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ३ लाख ५३ हजार ८५० रुपैयाँ खर्च भएको जनाइएको छ ।
उद्यम विकास शाखा अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमतर्फ १३ लाख, महिला तथा बालबालिका शाखातर्फ ६ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।
घर घरमा खानेपानी पु¥याउने गाउँपालिकाको लक्ष्य
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले निर्वाचित भएयता प्रमुख लक्ष्य लिए, स्थानीयको आधारभूत समस्या रहेको खानेपानी समस्यालाई समाधान गर्ने । हो, त्यहि उदेश्य अनुरुप गाउँपालिकाले घरघरमा खानेपानी पु¥याउने योजना अनुरुप काम गरिरहेको छ ।
गाउँपालिकाले एक घर एक धारा अभियान अन्तर्गत २० प्रतिशत घरधुरीमा खानेपानीको सहज पहुँच उपलब्ध गराएको छ । खानेपानीलाई विशेष प्राथमिकतामा राखेर कामहरु अघि बढेको गाउँपालिका अध्यक्ष हिरासिह धामीले बताए ।
उनले भने, तत्कालीन समस्या खानेपानी समस्या छ । यसको समाधानको लागि सबै प्रयासहरु भएका छन् । गाउँपालिकाले लिफ्टमार्फत खानेपानी, पाइप खरिद गरेर वितरण तथा नयाँ पुराना योजना निर्माण गरेर खानेपानी पु¥याउने काम गरिरहेको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका मुहान धारा पाइप, नौलो आदिको संरक्षण गर्ने काम भएका छन् ।
वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
मालिकार्जुन गाउँपालिकाले माछापुच्छे« बैंकसँगको समन्वयमा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । सामाजिक सुरक्षा लाभग्राहीलाई सजिलो बनाउने उद्देश्य अनुरुप वडातहमै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको हो ।
गाउँपालिकामा १ हजार २६० जना महिला तथा ८९७ जना पुरुष गरी २ हजार १ सय ५७ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । जसमा जेष्ठ नागरिक गैरदलित १ हजार २८४ जना, जेष्ठ नागरिक दलित १४० जना, पूर्ण अपांग ५८ जना, आंशिक अपांग ७५ जना, एकल महिला ११० जना, विधवा महिला २२४ जना, बाल संरक्षण अनुदान २६० जना तथा लोपोन्मुख आदिवासी ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको एमआइएस अपरेटर लोकेन्द्रसिह धामीले जानकारी दिए ।
गाउँपालिकाले बार्षिक ८ करोड १७ लाख ५६ हजार १३३ रुपैयाँ सामाजिक सुरक्षा भत्ताबाफत वितरण गर्ने गरेको छ ।
गाउँपालिकामा एक वर्षको अवधिमा ४३१ जनाले जन्मदर्ता गरेका छन् भने मृत्य दर्ता गर्नेको संख्या १५५ जना रहेका छन् । गत वर्ष १८७ जनाले विवाह दर्ता गरेका छन् । ३ जोडीले सम्बन्ध विच्छेद गरेका छन् ।
गाउँपालिकाबाट बसाइसराई गरी जाने ७० परिवारका २१७ जना रहेका छन् । पालिकाबाट बसाई सराई जानेको संख्या ह्वात्तै बढेको छ । अन्यत्रबाट बसाइसराई गरी ५ परिवारका १७ जना पालिकामा आएको पञ्जीकरण शाखाले जनाएको छ ।