चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते

दार्चुला । सदरमुकाम खलंगामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । महाकाली नगरपालिका -४ तिङकरखेडामा गएराति १२ बजे चक्कु प्रहारबाट २४ वर्षीय सराेजसिह धामी गम्भीर घाइते भएका छन् ।
पेटमा चक्कु प्रहारबाट धामीकाे आन्द्रा बाहिर निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । उनको जिल्ला अस्पतालमा उपचारमा हुन नसकेपछि थप उपचारकाे लागि डडेलधुरा रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए  ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार प्रहरीले धामीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएकाे छ । अहिलेसम्म चक्कु आफैंले प्रहार गरेकाे बताइएको छ । उनीहरूलाई साेधपुछ गर्न बाकी रहेकाे प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार