दुहुँ गाउँपालिकाका तीन वटा वडामा सार्वजनिक सुनुवाइ

दुहुँ दार्चुला । दुहुँ गाउँपालिकाका तीन वटा वडामा सार्वजनिक सुनुवाई भएको छ । दुहुँ गाउँपालिकाको आयोजना तथा एकपाइलो मल्टिमिडिया प्रालिको सहजीकरणमा वडा नम्बर १, ३ र ४ मा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।
आर्थिक वर्ष ०८०।०८१ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो । चौमासिक अवधिमा भएका विकास निर्माण, वडाबाट सम्पादन भएका सेवा प्रवाहको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
वडा नम्बर १ मा कार्यबाहक वडाअध्यक्ष धौलसिह महर तथा वडा सचिव इश्वरी बम जवाफदेहि वक्ता रहेकी थिइन् । वडा नम्बर ३ मा कार्यबाहक वडा अध्यक्ष धनसिह बोहराको अध्यक्षता तथा वडा सचिव इन्द्रा बम जवाफदेहि वक्ता रहेका थिइन् ।यस्तै वडा नम्बर ४ मा कार्यबाहक वडाअध्यक्ष शेरसिह कार्की तथा वडा सचिव गणेशदत्त जोशी जवाफदेहिवक्ता रहेका थिए ।
कार्यक्रममा विकास निर्माण भएका काम तथा सेवा प्रवाहका विषयमा स्थानीयले जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार