भीडमा हेर्दाहेर्दै अस्ताइन धनिसा, मृत्युको कारण के ?

दार्चुला । महाकाली नगरपालिका–४ रिङ्गलतालनजिक प्राय दिनहुँ भीडभाड हुने ठाउँ हो । बेलुकीपख महाकालीको चिसो हावाको लागि मान्छेहरुको भीड लाग्ने गर्छ । पुलघाटदेखि बंगाबगड लास्कुसम्म मान्छेको दिनहुँ भीड नै हुन्छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुल पनि त्यहिँ नजिक भएको कारण पनि यो क्षेत्र व्यस्त हुने ठाउँ हो ।
तर त्यहीँ व्यस्त रहने रिङ्गलताल क्षेत्रमा शनिबार बेलुकी महाकाली नगरपालिका–१ का १७ वर्षीया धनिसा कुवँरले मृत्युवरण रोजिन् । बाटोमा चिच्याउँदै आएकी उनी एकाएक महाकाली नदि छेउ पुगिन् । पक्की तडबन्ध लगाइएको क्षेत्रबाट भित्र प्रवेश गर्दै महाकाली किनारतर्फ सोझिइन् ।
वरिपरी मान्छेको भीड थियो । मान्छे रमिते झै भए । कोही उनलाई हेर्दै कोही उनले हाम फाल्न लागेको मोबाइलमा भिडियो समेत बनाउन पछि परेनन् । कोहिले त्यस्तो अवस्था देखेपछि प्रहरीलाई समेत खबर ग¥यो । प्रहरी पनि प्राय ड्युटी त्यही रिङ्गगलताल क्षेत्रमा हुने गर्छ । भने नजिकै पुलघाटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ड्युटी हुन्छ ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हेँर्दा जब सुरक्षाकर्मी उनलाई उद्धार गर्न नजिकै पुग्छन्, धनिसाले नदिमा हाम फाल्छिन् । निकै बेरसम्म हामनफालि अड्किएर बसेकी धनिसाले किन सुरक्षाकर्मी पुग्ने बेला मात्रै हाम फाल्यो । सामाजिक सञ्जालमा बहस पनि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंह प्रहरीलाई खबर आउने वित्तिकै उद्धारको लागि गएपनि बचाउन नसकिएको बताउँछन् । उनले भने, सुरक्षाकर्मी पुग्नेबेला महिलाले हाम फालिन् । उनी महाकालीमा वेपत्ता छिन् । खोजी कार्य भएपनि बर्खाको महाकालीमा शव भेटिने अवस्था छैन् । सुरक्षाकर्मीले नदि किनारमा खोजि गरेपनि भेट्टाएको छैन् ।
श्रीमान् छन् कारागारमा
धनिसा कुवँर र उमेशसिह कुवँरको ०८० भदौ २० गते विवाह भएको थियो । विवाहको छोटो समयमै श्रीमान र श्रीमति बीच खट्पट सुरु भयो । पुष ९ गतेबाट उनीहरुबीच बोलचाल समेत कम हुन थाल्यो । यस्तै अवस्थामा ०८० माघ ५ गते धनिसाले बन्धक बनाएर आफुलाई उमेशले बलात्कार गरेको लगायतका आरोप लगाएर प्रहरीमा निवेदन दिइन् ।
प्रहरीले छलफलको लागि उमेशलाई ल्याउने क्रममा ड्युटीमा खटिएका प्रहरी जवान डम्बरबहादुर ठगुन्ना र प्रहरी हवल्दार जयबहादुर खड्कामाथि माघ ७ गते चक्कु प्रहार गरे । चक्कु प्रहार गरि कुवर फरार भए । उनलाई प्रहरीले फागुन २२ गते महाकाली नगरपालिका–४ खलंगा पुलघाटबाट पक्राउ ग¥यो ।
पक्राउ गरेर अनुसन्धान भइरहेको बेला कुवर फागुन २८ गते जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भाग्न खोजे । प्रहरीले बयान लिने क्रममा उनी जिल्ला प्रहरीको पर्खाल नाघेर महाकाली नदितर्फ हाम फालेर भागे ।
कुवरलाई रोक्ने क्रममा प्रहरी जवान सोहन चौधरीको मृत्यु भयो । कुवरलाई महाकाली नदिबाटै प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०८० चैत १६ गते अपहरण तथा बन्दकी, कर्तव्य ज्यान र जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदालत दार्चुलामा मुद्धा दायर गरेको छ । अदालतले कुवरलाई चैत १६ गते नै पूर्पक्ष्यको लागि थुनामा राख्ने आदेश दिएको छ । अहिले उनी कारागारमा छन् ।
श्रीमान कारागारमा रहेको बेला धनिसाले भिडियो सन्देश प्रवाहगर्दै आफुले लगाएको आरोप गलत भएको बताएकी छिन् । आफुहरु बीचको सम्बन्धमा आफ्नो कमजोरी रहेको स्वीकारगर्दै श्रीमानलाई नफसाइ दिन उनले भिडियो सन्देश छोडेकी छिन् । यसरी पारिवारिक रुपमा तनावमा रहेका धनिसाले मृत्यु नै किन रोजिन् भन्ने विषया भने खुलेको छैन् ।
श्रीमानबाट पीडित थिइन्, धनिसा
महाकाली नदिमा वेपत्ता भएकी धनिसालाई सानै देखि दिदि निर्मला कुवरसँगै बस्दै आएकी थिइन् । गत वर्ष उमेश कुवँरले गाउँ जाने क्रममा जबरजस्ती विहे गर्छु भनेर लगेछन् ।
बहिनीलाई बन्धक बनाएको बारे उजुरीपछि उमेशले निकै टर्चर गरेका थिए । त्योबेला देखि उनको दिमाग सन्तुलनमा थिएन् । राति पनि बोल्ने, कोठामा बस्न मन नपराउने गर्थिन् । निर्मलाले भनिन्, आफुले सम्झाए पनि उनी कहिले कता कहिले कता जाने गरेकी थिइन् ।
दुई दिन देखि कोठाबाट निस्केका थिए । आफुले आफन्तको घर गएको होला सोचे । घट्नाबारे पछि मात्रै सुनेको भन्दै उनले भनिन्, किन महाकाली नदिमा हाम फालिन मलाई पनि थाहाँ छैन् । श्रीमानको पीडा पाएका उनी घर परिवारबाटै निकै सकस रहेको देखिन्थे निर्मलाले सुनाइन् ।
आफुले हुर्काएरै राखेको थिए । उनको गतिविधि हेर्दा दिमाग सन्तुलन नभएको जस्तो थियो, उनले भनिन् । यो गम्भीर घट्ना हो जस्तो लाग्यो ।
श्रीमान कुटपिट गरे यता उनी रातिपनि बर्बराउने गर्थिन् । विवाहको नाममा कोठाबाट बाहिर आउन नदिने अवस्था थियो । बहिनीले आफुलाई मार्न लागेको भन्दै खबर गरेपछि मात्रै उनी त्योबेला बाचेका थिए । अहिले सायद त्यही पीडाले गर्दा बितेकी के भयो ?

सम्बन्धित समाचार

ताजा समाचार