दार्चुलामा एसइई परीक्षाको तयारीको लागि सदरमुकाम खलंगा आएका एक जना विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । मार्मा गाउँपालिका–४ घर भएका निलम ठगुन्नामाथि कुटपिट भएको हो ।
एसइईको ट्युसन पढ्न खलंगा आएको बेला शनिबार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए ।
चार पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट लगत्तै उनीहरु फरार छन् । घट्नामा संग्लन को को थिए भन्ने बारे जानकारी हुन नसकेको उनले बताए । घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार गराएका छन् । उनको टाउँको र अनुहारमा चोट छ ।
घट्नामा संग्लनलाई खोजविन गरी कार्वाहीको माग गर्दै आफुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले भने, घट्नामा संग्लनहरुको खोजी भइरहेको बताए ।
यसैबीच नेपाल विद्यार्थी संघले एसइईको ट्युसन पढ्न आएका विद्यार्थीमाथि भएको कुटपिटमा संग्लनलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा आम नागरिकको सुरक्षामाथि नै प्रश्न उठ्ने, जिल्लास्थित सुरक्षा निकायलाई समेत चुनौती दिने यस्तो घट्नाको अनुसन्धान गरि दोषीलाई कार्वाही गर्न माग गरेको छ ।


खलंगामा एसइईको तयारीमा आएका विद्यार्थीमाथि कुटपिट




