मालिकार्जुनमा भत्ता बाड्न वडामा शिविर

मालिकार्जुन गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको लागि शिविर सञ्चालन गरेको छ । हरेक वडाका सामाजिक सुरक्षा लाभग्राहीलाई भत्ता वितरण थालेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण शिविरको तेस्रो दिन मंगलबार ३६ जनाले सेवा लिएका छन् । गाउँपालिकाले बैंकलाई लगेर वडामै भत्ता वितरण गरिरहेको हो । अहिलेसम्म वडा नम्बर १, ३ र ६ का ११६ जना लाभग्राहीले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
सामान्य हिड्डुल गर्न नसक्ने जेष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, बैंकसम्म स्वयंम उपस्थित हुन नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई घररदैलोमै भत्ता उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार