दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो ।

दुहुँ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय पिपलचौरी मावि विणलाई आइतवार एक कार्यक्रमका बीच सम्मान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । पिपलचौरी मावि विणले पालिकाका प्रथम स्थान ल्याएको थियो । एसइईमा यो विद्यालयले ३३ दशमलव ३३ प्रतिशत नतिजा ल्याएको हो ।

यस्तै ३ दशमलव ४५ जीपीए ल्याएर पालिकाका प्रथम हुने विद्यार्थी दिपेन्द्र बहादुर बम, छात्रातर्फ दुर्गा महर र प्राविधिक धारतर्फकी रोशनी बमलाई सम्मान गरिएको छ । महरले एसइईमा ३ दशमलव ३४ जीपीए र बमले ३ दशमलव २३ जीपीए ल्याइएकी थिइन् ।

बम प्राविधिक धारतर्फका विद्यालयमा जिल्लामै उत्कृष्ट नतिजा ल्याउने छात्रा हुन् । यिनलाई केहिदिन अघि प्रधानाध्यापक संघ नेपाल ९प्यान० दार्चुलाले एक कार्यक्रमका बीच जिल्लामा सम्मान गरेको थियो ।