प्रधानमन्त्री ओलीले भने, ‘लिपुलेक, कालापानी नेपालको भन्नेमा सरकार दृढ छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको तर, नेपालले भोग गर्न नपाएको भन्दै प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापनी नेपालको हो भन्नेमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् ।
‘सुगौली सन्धि १८१६ बमोजिम लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायत काली अर्थात्, महाकाली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुराका सरकार दृढ र स्पष्ट रहेको छ’ प्रधानमन्त्री ओलीले भने ।

सम्बन्धित समाचार

ताजा समाचार