दार्चुला । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले एक वर्षको अवधिमा २ हजार ५ सय ३६ सवारी साधन कारबाहीमा परेको जनाएको छ । आर्थिक वर्ष ०८०÷०८१ मा छोटो तथा लामो दुरीमा चल्ने सवारी साधन कारबाहीमा परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन ऐरीका अनुसार एक वर्षको अवधिमा १ सय १७ वटा ट्रक, २९ वटा बस, १ हजार ५०८ जीप कार, २ सय ४२ ट्याक्टर, ३ सय ६६ मोटरसाइकल र अन्य २८२ सवारीसाधन कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले ट्रक कारबाहीबाट ६४ हजार पाँच सय रुपैयाँ, बसबाट १२ हजार पाँच सय, जीप कार आठ लाख २२ हजार, टेक्टर एक लाख ४७ हजार रुपैयाँ, मोटरसाइकलबाट तीन लाख ३२ हजार पाँच सय रुपैया र अन्य कारवाहीबाट एक लाख ४६ हजार पाँच सय गरि कुल १४ लाख २५ हजार रुपैँया राजस्व संकलन गरिएको उनले जानकारी दिए ।
