दार्चुलामा वर्षाका कारण अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा क्षति पु¥याएको खबर प्राप्त भएका छन् ।
बाढिका कारण अपिहिमालमा दुई वटा पसलमा क्षति पु¥याएको छ । अपिहिमाल गाउँपालिका–३ भएर बग्ने कटेलीगाड खोलाले कटेलीगाडमा रहेका दुइ वटा पसल क्षति पु¥याएको हो ।
बाढिले अकबरसिह कार्की र पोखर मन्यालको पसलमा क्षति पु¥याएको शिक्षक केशव बोहराले जानकारी दिए । यस्तै नजिकै रहेको महादेव आधारभूत विद्यालय भवन पनि जोखिममा परेको छ ।
यस्तै निरन्तरको पहिरोका कारण नौगाड गाउपालिका–२ सुण्डमुण्डुमा जोगा टमटाको घर र गोठ भत्किएको छ । घरमाथिबाट आएको पहिरोले क्षति गरेको हो । उनको परिवारलाई डाणाबाग आधारभूत विद्यालयमा सारिएको छ ।








