सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दार्चुलामा बैंकको शाखा विस्तार गरेको छ । महाकाली नगरपालिका–४ खलंगास्थित राधाकृष्ण चोक नजिकै बैंकको शाखा विस्तार भएको हो । सिटिजन बैंकको सुदूरपश्चिममा १० वटा तथा देशभर १९६ वटा शाखा रहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल माध्यमबाट नयाँ शाखाको उद्घाटन गरे । बैंकहरुको प्रतिस्पर्धाबीच शाखाले उत्कृष्ट सेवा दिने गरी काम गर्ने शाखा प्रमुख महेशराज जोशीले बताए । ‘ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधासहित उच्चस्तरीय बैंकिङ सेवामा समर्पित रहने छौ,’ उनले भने ।
नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिने छ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।