बुधबार राति आएको वर्षासँगै आएको पहिरोका कारण तीन वटा वडाका वस्तीमा क्षति पु¥याएको छ । मार्मा गाउँपालिका वडा नम्बर ४, ५ र ६ मा पहिरोले क्षति गरेको हाे ।
मार्मा हुँदै मुरै गोल्फा सिप्टी जोड्ने सडक खण्डबाट आएको पहिरोका कारण स्थानीय विस्थापित भएका छन् । ग्वालेक निर्माण सेवाले सडक काटि रहेको छ । सडकबाट आएको पहिरोबाट मर्मतीमा ठूलो क्षति पुगेको छ । पहिरोबाट स्थानीय बीरे विष्ट, अबगर विष्ट, करन विष्ट, धिर्के विष्टको घरमा क्षति पुगेको स्थानीय दिपेन्द्र विष्टले बताए । पहिरो पीडितहरु गाउँमै रहेको हटिनाथ आधारभूत विद्यालयमा बाँस बसेका छन् ।
यस्तै दिपेन्द्र विष्ट, अगबर विष्ट, गणेश विष्ट, कृष्ण विष्ट, दामोदर विष्ट, गणेश विष्ट, अमर विष्ट, महादेव विष्ट, करबीर विष्ट, महेश विष्ट, कृष्ण विष्ट भागी विष्ट लगायतको जमिनमा क्षति पुर्याएको छ ।
यसैगरी वडा नम्बर ५ को गन्याड टोल वस्ती उच्च जोखिममा छ । सडकका कारण यो वस्ती जोखिम परेको पत्रकार लक्ष्मण महताले जानकारी दिए । नयाँ ट्रयाक खुलाइरहेको सडकका कारण पहिरो आएको छ ।
मार्मा गाउँपालिका वडा नम्बर ६ को बाढीपहिरोको कारण माङदङ, छिपान, डडिया, चमेलिया नदीको किनारका बस्ती, शेरी, भोरौँ, लिङतड, घोराडे, जैथला तथा नयाँ सडकको ट्रयाक खोलिएको मौरेको खोला किनारका बस्ती मौरे, जमुनाबगर लगायतका बस्तीहरुमा उच्च जोखिम रहेको वडा अध्यक्ष सन्तोष कोट्टारीले जानकारी दिए ।







