सामुदायिक वनमा वृक्षारोपण

राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा डिभिजन वन कार्यालय दार्चुलाले महाकाली नगरपालिका–५ स्थित च्यूरा मेला मोहती वनमा वृक्षारोपण गरेको छ । च्यूरा मेला सामुदायिक वनमा स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो ।
‘भावी सन्तती र सम्बृद्धिका लागि वृक्षारोपण गरौं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत परमानन्द कुँवरले जानकारी दिए । सामुदायिक वनभित्र २५० बढि विरुवा रोपिएको छ । जसमा तेजपात, रिठा, च्युरी, बोकाइनो, टिमुर लगायतका विरुवा रोपिएको छ । कार्यक्रममा महाकाली नगरपालिका–५ का वडाअध्यक्ष दिलेन्द्रराज अवस्थी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार