यसरी मनाइयो दार्चुलामा लागूऔषधविरुद्धको अभियान (फोटो फिचर)

सीमा क्षेत्र दार्चुलामा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको साताव्यापी अभियान धुमधामका साथ मनाइएको छ । असार ७ गते देखि सुरु भएको अभियानको औपचारिक बुधबार समापन गरिएको छ ।
भारतसँग खुला सीमा नाका भएका कारण जिल्लामा लागू औषधविरुद्धको अभियानलाई महत्वका साथ मनाइएको छ । दार्चुला भारतसँग सीमा नाका जोडिएको जिल्ला हो । यहाँ दर्जननाका भारतसँग जोडिएका छन् ।
दैनिक सयौंको संख्यामा सीमा वारपार हुने गर्दछ । नेपालमा प्रतिबन्धित लगाइएको लागूऔषध भारतमा सहज पाइने भएको कारण पनि सीमा क्षेत्रमा लागूऔषध चूनौतिपूर्ण छ । लागूऔषधका कारण समाज नकारात्मक बाटोतर्फ गएकै कारण प्राथमिकता साथ अभियान सञ्चालन गर्नुपरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले बताए ।
जिल्लामा लागूऔषध विरुद्धको महाअभियान अहिलेमात्रै सञ्चालन भने भएको होइन् । प्रहरीका सबै युनिट दिनहु यस्ता अभियानमा सक्रिय रहेको प्रहरीको भनाई छ । डिएसपी सिंह आएयता महाअिभयानकै रुपमा लिइएको प्रहरी अधिकारी बताउछन् ।
अहिले जिल्लामा लागूऔषध साढे तीन सयको पहिचान गरेर निगरानी गर्ने गरिएको छ । पछिल्लो समय विद्यालय तहबाटै यो अभियानलाई जोडतोडका साथ अघि बढाएको कारण प्रभावकारी बन्दै महाकाली नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले बताइन् । यो विद्यार्थीले अनुशासन सिक्ने मात्र होइन्, अरुलाई समेत सचेत गराउने अभियानको रुपमा बुझ्नुपर्छ ।
योपटक दार्चुला सदरमुकाम खलंगाका विद्यालयका बालबालिकालाई विशेष प्राथमिकता दिएर लागूऔषधविरुद्धको अभियान थालिएको थियो । अभियानले बालबालिकामात्र नभई अभिभावकलाई समेत सचेत तुल्याउने गर्छ । लागूऔषधले समाजमा नराम्रो चेतना फैलाउने गरेको भन्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यप यसलाई जरोबाटै उन्मुलन गर्नुपर्ने बताउँछन् ।
यसरी जिल्लामा खुला नाकाको फाइदा उठाउँदै आएका लागूऔषध सेवनकर्ताहरु पछिल्लो समय घट्दै गएको प्रहरीको तथ्यांकले समेत देखाउँछ । अझै यो अभियानलाई दिवसको रुपमा मात्र नभई वर्षभरी निरन्तरता दिनुपर्नेमा सरोकारवालाको जोड छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी समाजलाई राम्रो बनाउन अहिलेदेखि स्वस्थ्य नागरिक उत्पादनमा जोड दिनुपर्ने धारणा राख्छन् ।
साताव्यापी कार्यक्रममा विद्यार्थीहरुले सडक नाटक प्रस्तुति गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार