लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध बजारमा र्याली

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको साताव्यापी अभियान अन्तर्गत खलंगामा र्याली निकालिएको छ । महेन्द नमूना मावि खलगाका विद्यार्थीहरुको सहभागितामा बजारमा ¥याली निकालिएको हो ।
लागूऔषध नियन्त्रण तथा सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने प्लेकार्ड सहित र्याली निकालिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
र्यालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउद, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिवबहादुर सिह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवेन्द्र कुमार थापा, महेन्द्र नमुना माविका शिक्षक विद्यार्थी लगायतको उपस्थितिमा कार्यक्रम गरिएको छ ।
लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साता व्यापी मनाइने कार्यक्रममा अवसर पारी उक्त कार्यक्रमको आयाजना गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार