दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ का ५५ वर्षिय धङ्के भनिने धनसिह डडालको घट्नास्थलमै मृत्यु भएको हो ।
भरुवा बन्दुक लिएर सेला वनमा सिकार खेल्न गएका सोही ठाउँका ५३ वर्षीय जयसिह डडालले बोकेको बन्दुक पड्केर झाडीमा पासो थापेर बसेका धनसिहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
घट्नामा संग्लन रहेका जयसिहले शनिबार बेलुकी प्रहरी चौकी दल्लेखमा आत्मर्पण गरेका छन् । घटनाबारे थप अनुसन्धान गर्न दल्लेख प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएको प्रहरीले जनाएको छ । याे क्षेत्र अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्दछ ।


नौगाडमा गोली लागेर एकको मृत्यु




