महाकाली नगरपालिकाले नगरभित्रका सार्वजनिक स्थानहरुमा मदिरा तथा सुर्तीजन्य वस्तु विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै मदिरा तथा सुर्तीजन्य बस्तु विक्री वितरणमा कडाई गर्ने जनाएको हो ।
नगरपालिकाले नगरका सार्वजनिक स्थलहरु शिक्षण संस्था, स्वास्थ्य संस्था, मठमन्दिर, चौतारीलगायतका क्षेत्रमा पुर्णरुपमा मदिराजन्य तथा सुर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । कसैले सूचनाको अवज्ञा गरेको पाइएमा कानुन बमोजिम कार्वाहि हुने छ ।


नगरभित्रका सार्वजनिक स्थानमा मदिरा तथा सुर्तीजन्य बस्तुमा विक्रीवितरणमा रोक




