काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको हो । यसअघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो ।
त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







