धनगढीः कैलालीको अत्तरियामा रहेको एक हार्डवेयरको गोदाममा आगलागी भएको छ। गोदावरी नगरपालिका- १ धनगढी रोडमा रहेको सिताशक्ति ट्रेड लिंक हार्डवेयरको गोदाममा आगलागी भएको हो।
वडा नम्बर-१ भरतपुरमा रहेको गोदाममा शुक्रवार राति १ बजेतिर आगलागी भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले बताए। बिद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ।

आगलागीबाट गोदाममा राखिएका हार्डवयेरका सामानहरु जलेर नष्ट भएको हार्डवेयर सञ्चालक नैन सिंह कार्कीले जानकारी दिए। उनले आगलागीबाट ८० लाख भन्दा बढीको क्षति भएको बताए। गोदाममा लागेको आगो स्थानिय, प्रहरी र गोदावरी नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो।






