दुहुँमा आधारभुत सीप विकास सम्बन्धी अन्तरक्रिया

दुहुँमा आधारभुत सीप विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालवालिकाहरूको सिकाई प्रवद्वर्न गर्नका लागि अभिभावकको सहभागिता तथा अभिभावकमा हुनुपर्ने आधारभूत सीप विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
दुहँ गाउँपालिकाको समन्वय, सामाजिक विकास कार्यालय दार्चुलाको आर्थिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालद्वारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाको साझेदारीमा दुहुँ गाउँपालिका वडा नं ३ स्थित गणेश माध्यमिक विद्यालय सिमलीका अन्तरक्रिया कार्यक्रम भएको ग्रामिण विकास समाज नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज जोशीको अध्यक्षता एवंम् दुहुँ गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष देवबहादुर बमको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रकको सहजिकरण दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा शिक्षा संयोजक लोकन्द्र बहादुर बम र ग्रामिण विकास समाज नेपालका शिक्षा अधिकृत उदय बोहराले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुरज बंमले गरेका थिए ।
कार्यक्रममा शैक्षिक सामग्री निर्माणमा सहयोग पु¥याउने उद्देश्यले गरिएको छ । विद्यार्थीहरूको पढाइका लागि घरमा गृहकार्यमा सहयोग गर्ने, विद्यालयमा नियमित भ्रमण गरि छलफल गर्ने, घरमा पढाइको व्यवस्थापन लगायतका विषयमा अभिभावकसँग अन्तरक्रिया गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार