दार्चुला । दुहुँ गाउँपालिकाको २०८० को उत्कृष्ट प्रधानाध्यापकको रूपमा धनसिह महरा सम्मानित भएका छन् । ब्रहम आधारभूत विद्यालय पासुमा कार्यरत महरा दुहुँ गाउँपालिकाको उत्कृष्ट शिक्षक सहित सम्मानित भएका हुन् ।
प्राथमिक तहको शिक्षण सीप कार्यक्रम ईजीआरपी अन्तर्गत विद्यालयमा राम्रो अभ्यास र उत्कृष्ट कार्य गरेबाफत दुहुँ उनलाई सम्मानित गरिएको दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकेन्द्र बमले जानकारी दिए ।
प्राथमिक तहका बालबालिकाको सिकाइ सुधार गर्न र बाल प्रतिभालाई उज्यालो बनाउन विद्यालयले खेलेको भूमिका प्रशंसनीय छ । २०६५ साल देखि शिक्षण पेसामा आवद्ध थिए महरा ।
सम्मानित भएका प्रअ महराले भने, यो सम्मानित गर्नमा सामुदायिक ग्रामीण विकास समाज नेपाल परिवार दार्चुला, इजिआरपि कार्यक्रम, सबै संघसंस्था, दुहुँ गाउँपालिका परिवारलाई धन्यवाद दिन चाहन्छु ।
शिक्षण पेशाप्रति सदैव हौसला प्रदान गर्नुहुने विद्यालय परिवार, मेरा नयाँ, पुराना शिक्षक, भित्र र बाहिरका सहकर्मीहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, सबै वडाका जनप्रतिनिधिहरू तथा नजिकका साथीहरू, हार्दिक धन्यवाद दिन चाहन्छु उनले भने ।
