कांग्रेसकाे नाराबाजीकै बीच प्रधानमन्त्री विश्वासकाे मत माग्दै

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाकाे बैठकमा विश्वासकाे मत माग्न थाल्नुभएकाे छ ।

आजकाे संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड राेस्ट्रममा पुगेर विश्वासकाे मत माग्न थाल्नुभएकाे हाे । कांग्रेस सांसदले अहिले पनि नाराबाजी गरिरहेका छन् ।

यसअघि बिहान ११ बजे बाेलाइएकाे बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले नाराबाजी गर्दै अवराेध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे थियाे । त्यसपछि शुरु भएकाे बैठकमा प्रधानमन्त्रीले विश्वासकाे मत माग्न थाल्नुभएकाे हाे ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले आज चाैथाे पटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यसअघि फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार