मालिकार्जुन गाउँपालिकामा एक दिने शैक्षिक सुधारका लागि कार्यशाला गाेष्ठि सम्पन्न भएकाे छ । कार्यक्रमको अध्यक्षता शंकरपुर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशराज पन्तको अध्यक्षता एवंम् गाउँपालिका अध्यक्ष हिरासिह धामीकाे प्रमुख आतिथ्यमा भएको हाे । कार्यक्रमको सञ्चालन सिआरडिएस नेपालका शिक्षा अधिकृत उदय बोहराले गरेका थिए ।
कार्यक्रमले शिक्षा क्षेत्रको विद्यमान समस्या चूनौति असल अभ्यास तथा रचनात्मक क्रियाकलापहरूका बारेमा वडा अनुसार छलफल गरि आगामि शैक्षिक शत्रका लागि गुणस्तरिय शैक्षिक उपल्ब्धिका लागि कार्य योजना निर्माण गरिएकाे थियाे।
कार्यक्रममा भौतिक संरचनाको अभाव, मसलन्द खर्च न्यून, दिवा खाजा व्यवस्थापनमा भान्सा र भान्सेको समस्या रहेकाे बताएका छन् । शैक्षिक सामग्री निर्माण तथा शैक्षिक सामग्रीको प्रयोग कम हुनु, नवनियुक्त शिक्षकहरूलाई तालिमको अभाव, भौगोलिक विगकता, दरबन्दि र विषयगत शिक्षकको अभाव रहेको पनि छलफलबाट निष्कर्ष निकालिएकाे बाेहराले बताए ।
आइसिटी तालिमको अभाव इन्टरनेट तथा ल्यापटप नहुँदा शैक्षिक गतिविधि तथा अन्य काममा बाधा भएको शिक्षकहरूले बताएका छन ।
कार्यक्रममा पालिकाभरिमा उत्कृष्ठ कार्य सम्पादन गर्ने शिक्षिका दिपज्योति आधारभूत विद्यालय रञ्चनिका शिक्षिका सुना चैसिर सम्मानित भएकी छिन् ।
