अखिल नेपाल महिला संघ सुदूरपश्चिम प्रदेश स्तरीय युवा भेलाले कल्पना पालको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा पशुपति महतारा, सचिव दुर्गा नेपाली, सहसचिव निता ढुङ्गाना, कोषाध्यक्ष दुरा कुमारी भाट र सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । सबै जिल्लाबाट २५ सदस्य रहने कमिटीका बाँकी सदस्यहरू पछि मनोनीत गरिने जनाइएको छ ।
अनेमससङ्घ केन्द्रीय युवा कमिटी सदस्य विन्दु अधिकारीको अध्यक्षतामा भएको भेलामा अनेमसङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज आशा विक, प्रमुख अतिथि र नेकपा एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।
यस्तै भेलामा नेकपा एमाले प्रदेश उपसचिव भागरथी विष्ट, कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा, अनेमसङ्घका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज रुक्मिणी देवकोटा, केन्द्रीय सदस्य तथा बझाङका इन्चार्ज भागरथी सिंह, केन्द्रीय सदस्य अञ्जली शर्मा, प्रदेश अध्यक्ष झुमा चौधरी लगायतका नेताहरू अतिथि रहनुभएको थियो ।
अनेमसङ्घले युवा महिलाहरूलाई राजनीतिमा जोड्न सबै जिल्लामा युवा भेला गर्दै कमिटी गठन गर्न लागेको प्रदेश अध्यक्ष झुमा चौधरीको भनाई छ ।


अनेमसंघ सुदूरपश्चिमको युवा संगठन अध्यक्षमा पाल चयन




