दार्चुलाको दुहुँ गाउँपालिकामा उद्यमी उत्पादनको लागि साबुन बनाउने तालिम दिइएको छ । दुहुँ गउँपालिका उद्यम विकास शाखाको आयोजनामा १५ दिने साबुन बनाउने तालिम दिइएको हो ।
गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वैशाख ९ गतेबाट सुरु भएको तालिम आइतबार समापन गरिएको छ । आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिह बडालले बताए ।
वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिह लोथ्यालको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष बडालको प्रमुख आतिथ्य रहेको थियो । तालिममा १६ जनाको सहभागिता रहेको थियो ।
