महाकाली नगरभित्रका माध्यमिक तहका विद्यार्थीलाई कानुनी सचेतना

महाकाली नगरपालिकाले शिक्षक विद्यार्थीको लागि कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । एकपाइलो मल्टिमिडिया प्रालिसँगको सहकार्यमा नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यालय तहमा विद्यार्थीलाई कानुनका आधारभूत ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले जानकारी दिइन् । कानुनको अज्ञानता क्षम्य हुँदैन उनले भनिन्, थोरै भएपनि माध्यमिक तहका विद्यार्थीमा कानुनी सचेतना आवश्यक थियो ।
नगरपालिकाले मालिकार्जुन माध्यमिक विद्यालय निसिल, राष्ट्रिय मावि दत्तु, महेन्द्र नमुना मावि खलंगा र छन्ना तिंकरी कन्या मावि खलंगामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यार्थीलाई कानुनी सचेतना, बालअधिकार बारे प्रवोधिकरण, लागू औषध, दुव्र्यसन बाट जोगाउने उपायबारे प्रशिक्षण भइरहेको एकपाइलो मल्टिमिडिया प्रालिका प्रबन्धक रमेशसिह खत्रीले बताए ।
यस्तै विद्यार्थीलाई सिकाईमा सहजता ल्याउन प्रशिक्षण भइरहेको छ । विद्यार्थीलाई स्मार्ट बनाउन तथा विद्यार्थीको आत्मबल बढाउन यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिव बहादुर सिंह, प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह, अधिवक्ता धिरेन्द्रसिह साउँद, हरिशचन्द्र जोशी र सञ्जय खड्काले प्रशिक्षण गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार