कक्षा १२ को परीक्षा आजदेखि, दुई हजार विद्यार्थी सहभागि

दार्चुला ।

कक्षा १२ को परीक्षा आज (शुक्रबार)देखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षामा जिल्लाभरिबाट दुई हजार १७५ जना विद्यार्थीहरुले सहभागिता रहनेछ ।
यो वर्ष महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर, लटिनाथ मावि रस्कोट मार्मा, शंकरपुर मावि पस्ती, कृष्ण मावि लाली, लटिनाथ मावि चन्दनपुर चौपता, हिमालय मावि हुती, राष्ट्रिय मावि दत्तु, कृष्णमावि डाडाकोट, कृष्णमावि बलाँच, जनविकास मावि बारबाजमा परीक्षाकेन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार