एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न माग गरेको छ । अनेरास्ववियुले नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र बन्दीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
अनेरास्ववियुले भनेको छ, ‘नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि, नेता कार्यकर्ता, जनवर्गीय संगठनमा आबद्ध पदाधिकारी तथा सदस्यका छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सर्कुलर जारी गरौं,’ ।
यस्तै अनेरास्ववियुले स्थानीय तहका जनप्रतिनिधिको दुई वर्षे कार्यकालको समिक्षा गर्दै आगामी तीन वर्षे कार्ययोजना तयार गर्नुपर्ने सुझाव राखेको छ । शिक्षामा सुधारको लागि जिल्लास्तरीय सर्वपक्षीय अन्तरक्रिया तथा सार्वजनिक बहस संचालन गरि शैक्षिक सुधारको आगामि १० वर्षे रणनीतिक योजना तयार गर्दै स्थानीय तहमा लागू गर्न समेत ज्ञापनमा भनिएको छ ।


अनेरास्ववियुले भन्यो : जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरौँ




